यो साताको कारोबार बनेन फलदायि, नेप्से ९.२५ अंकले ओरालो

न्युन कारोबार नेप्से परिसूचकमा ९।२५ अंकले घट्यो

काठमाण्डोँ , २५ साउन – यस साता कारोबार रकमसहित नेप्से परिसूचकसमेत तल झरेको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.२५ अंकले ओरालो लागेको छ ।

साताका ५ दिन नै लगानीकर्ताका लागि फलदायी नबनेको सेयर बजार परिसूचक नेप्से अन्तिम दिन १ हजार १ सय ८० दशमलव ६३ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.८४ अंकले घटेर २४९।१३ अंकमा आइपुगेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८१ कम्पनीहरुको सेयर कारोबार भएको छ । सातामा १६ हजार ३ सय ७० कारोबारबाट ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट जम्मा ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँको मात्रै कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा १४ दशमलव ६८ प्रतिशत कम हो ।

गत साता १८१ कम्पनीको ४० लाख ८४ हजार पाँच सय २० कित्ता सेयरहरु खरिद बिक्री हुँदा एक अर्ब सात करोड ६७ लाख ४८ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस साता , साउन २० गतेदेखि २४ गतेसम्म भएको कारोबार एक अर्ब रुपैयाँ पनि पुग्न सकेको छैन ।
यस साता कारोबार रकमसहित नेप्से परिसूचकसमेत तल झरेको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९।२५ अंकले ओरालो लागेको छ ।

साताका ५ दिन नै लगानीकर्ताका लागि फलदायी नबनेको सेयर बजार परिसूचक नेप्से अन्तिम दिन १ हजार १ सय ८० दशमलव ६३ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १।८४ अंकले घटेर २४९।१३ अंकमा आइपुगेको छ ।

साताको नेपाल स्टक एक्सचेन्जमा १ सय ८१ कम्पनीहरुको सेयर कारोबार भएको छ । सातामा १६ हजार ३ सय ७० कारोबारबाट ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट जम्मा ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँको मात्रै कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा १४ दशमलव ६८ प्रतिशत कम हो ।

गत साता १८१ कम्पनीको ४० लाख ८४ हजार पाँच सय २० कित्ता सेयरहरु खरिद बिक्री हुँदा एक अर्ब सात करोड ६७ लाख ४८ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।
पुँजी बजार लगानीकर्ताहरुका लागि यो साता दुखद बनेको छ । साताभरमा भएको ५ दिनको कारोबारमा पाँचै दिन अधिकांश समूहहरु राताम्मे देखिँदा लगानीकर्ताहरुले करोडौं रुपैयाँ गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published.