मलेसियन प्रिमियर लिगमा ‘दुइ शतक’ हाने सँगैँ शिर्ष स्थानमा :सागर पुन

काठमाण्डौँ ,२५ साउन – मलेसियामा जारि मलेसियन प्रिमियर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार क्वालालाम्पुर र सेलाङ्गोरबीच भएको पहिलो सेमिफाइनलमा सागर पुनले शतक प्रहार गरेका छन्।

शतक लगत्तै सागर खेलेको टिम क्वालालाम्पुर मलेसियन प्रिमियर लिगको अंक तालिकामा पनि शिर्ष स्थानमा रहेको छ। सागरले आफ्नो शतकीय पारीमा ११८ बल खेल्दै ९ चौका प्रहर गरेका थिए। । क्वालालाम्पुरले निर्धारित ५० ओभरमा सगरको शतकसहित ३०५ रन बनाएको छ ।

क्वालालम्पुरको टोलीबाटै खेलेका अर्का नेपाली विकेट किपर ब्याट्सम्यान आशिफ शेखले नटआउट २० रन बनाए। ११ बल खेलेका शेखले ३ चौकासहित २० रन बनाएका हुन्।

यस खेलसँगै सागरले मलेसियन प्रिमियर लिगमा अहिलेसम्म ९ खेल खेल्दै २ शतक र १ अर्धसतकसहित ४४२ रन बनाएर मलेसियन प्रिमियर लिगमा अहिएलेसम्म सर्वाधिक रन बनाउने खेलाडीका रूपमा रहेका छन् । साथै सागरले ९ खेलमा ९ विकेट पनि लिएका छन्।

Leave a Reply

Your email address will not be published.