सरकारलाई अल्टिमेटम दिन खोजेका राजपाका नेतालाई भेट दिएनन् ओलीले

तीन बुँदे सम्झौता गरेर सरकारलाई समर्थन दिएको राजपाका नेताहरूलाई प्रधानमन्त्रीसँग भेट गर्न रोक लगाइएको छ । प्रधानमन्त्री व्यस्त हुनुहुन्छ भन्दै सचिवालयले भेटको कार्यक्रम मिलाउन नसकिने जानकारी दिएपछि राजपाका नेताहरू रनभुल्ल परेका छन् ।

सरकारलाई समर्थन गर्ने बेलामा गरिएका सहमतिहरू हालसम्म कार्यान्वयन नभएको भन्दै राजपाका नेताहरूले प्रधानमन्त्रीलाई अल्टिमेटम दिने तयारी गरेका थिए । संविधान संशोधन गर्नुपर्ने, कैलालीबाट जनताको भारी मत ल्याएर संघीय संसदमा विजयी भएका रेशम चौधरीको सपथ गराउनुपर्ने, मधेश आन्दोलनका सहिदलाई क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरूको उपचार गर्नुपर्ने लगायतका मागहरूमा सरकार उदासिन भएको कारणले प्रधानमन्त्रीलाई अल्टिमेटम दिन लागिएको राजपाका एकजना नेताले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.