असई विकको हत्या आरोप लागेका ‘राज्यमन्त्री’ अदातलमा

काठमाण्डौँ ,२५ साउन  – सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका प्रदेश—२ का राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर हुने भएका छन् । राष्टिय जनता पार्टीका तर्फबाट राज्यमन्त्री भएका उनलाई उच्च अदालत जनकपुरले प्रक्राउ गरी सम्वन्धित अदालतमा बुझाउन परामदेश जारी गरेपछि शर्मा अदालतमा हाजिर हुने तयारी गरेका हुन् ।

असइ हत्याका आरोपित राज्यमन्त्री शर्माले अदालतको सम्मान गर्ने बताउदै आफु चाँडै अदालतमा हाजिर हुने जानकारी दिनुभयो । राज्यमन्त्रीबाट राजीनामा नदिई अदालतमा हाजिर हुने पनि उहाले स्पष्ट पार्नुभएको छ । यसैविच, राजपा अध्यक्षमण्डलले असइ हत्याकाण्डका आरोपितलाई अदालतमा हाजिर हुन निर्देशन समेत दिएको छ । अध्यक्षमण्डलको बुधबारको बैठकले प्रदेश राज्यमन्त्री शर्मासहित मुद्दा लागेका सबै आरोपितलाई अदालतमा हाजिर हुन निर्देशन दिएको हो ।

महोत्तरी ३ को प्रदेशसभा १ बाट निर्वाचित शर्माले प्रदेश सरकारमा सामाजिक विकास राज्यमन्त्रीका रूपमा शपथ लिएका छन ।
महोत्तरी जिल्ला अदालतले विचाराधीन मुद्दामा शर्मासहित २८ जनालाइ अभियुक्त बनाउको हो।
अध्यक्षमण्डलका ६ जना नेताकै सहभागितामा भएको बैठकले अदालतको सम्मानका लागि आरोपितलाई हाजिर हुन निर्देशन दिएको एक पदाधकिारीले जानकारी दिनुभएको छ ।

विककी पत्नी शोभा गहतराजले २०७४ चैत २८ गते जिल्ला प्रहरी कार्यालय र त्यसका कार्यालय प्रमुखलाई विपक्षी बनाउँदै परमादेशका लागि उच्च अदालतमा निवेदन दिएकी थिइन् । उक्त निवेदनमाथि सुनुवाइ गर्दै २९ चैतमा उच्च अदालत जनकपुरका न्यायाधीश रमेशकुमार खत्रीको इजलासले जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई १५ दिनभित्र सरकारी वकिलको कार्यालय जनकपुरमार्फत लिखित जवाफ पेस गर्न परमादेशसमेत जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published.