धनुषाको मिथिला न.पा.मा लाखौंको लुटपाट सहित गोली चल्यो


साउन-२५,जनकपुरधाम/मदनकुुमार अधििकारी 

गए राती करीब १२ बजे दलबलका साथ आएका लुटेराहरूले धनुषाको मिथिला नगरपालिका वडा नम्बर-८,जमुनिवास निवासी पुष्पलाल श्रेष्ठको घरबाट धनमाल लुट्नुको साथै घरधनी श्रेष्ठलाई गोली हानी गम्भीर घाईते बनाएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ!

लुटेराहरूले हतियार देखाएर अढाईलाख नगद,साढे छ तोला सुन र १५ तोला चाँदी लुटी लगेको पारिवारिक श्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।यस्तै सामान्य प्रतिकार गर्न खोज्दा गोलीलागी घाईते भएका घरधनी श्रेष्ठलाई जनकपुरधाममा उपचार सम्भव नभएपछी काठमाडौ रेफर गरिएको बुझिएको छ।

धनुषामा सशस्त्र समुहहरूको गतिबिधी उल्लेख्त रूपमा घटेको र शान्त देखिएको बेला डकैतीको यो गम्भीर घटना घट्न पुगेको स्थानीय एक युवा चित्रकुमार महतोले बताए !

Leave a Reply

Your email address will not be published.