काठमाण्डौँ , २४ साउन – शेयर बजार परिसूचक (नेप्से) साताको अन्तिम दिनमा आरालो लागेको छ । नेप्से परिसूचक ६.६९ अंकले घटेर ११८०.६३ बिन्दुमा पुग्दा १९ करोड ६९ हजारको कारोबार भएको छ । बिहिबार १ सय ६३ कम्पनीका ८ लाख ६९ हजार ३०७ कित्ता शेयर किनबेच भएका छन् ।
आज सबैभन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्स कम्पनी २ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आरम्भ माईक्रो फाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरुले ३.८७ प्रतिशत फाईदा कमाएका छन् भने मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशतले गुमाएका छन् ।
आज व्यापारी समुह मात्र २.११ अंकले बढेर हरियो सुचीमा रहन सफल भएको छ भने अन्य बैंकिङ समूह ३.३७, होटल समुह ३१.५२, विकास बैंक समूह १.३१, जलविद्युत १६.८८, वित्तिय समूह ०.७, निर्जिवन बीमा समुह ७०.०७, अन्य समुह ०.४२, माईक्रोफाइनान्स समूह १६.४७ र जीवन बीमा समूह १०२.८३ को भारी अंकले घटेर रातै भएको छ ।