काठमाण्डौँ , २४ साउन – पुर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश सांसद र विभागका सचिवसहित ठेकेदारलाई समेत सँगै लिएर बिहीबार विहान चाबहिल–बौद्ध–साँखु–जोरपाटी सडकको अनुगमन गरेका छन ।rss
तस्बिर रासस
काठमाडौं महानगरपालिका क्षेत्र नम्बर २ का सांसद समेत रहेका नेता नेपाल प्रदेश सांसद रामेश्वर फुयाँल, यातायात मन्त्री रघुवीर महासेठसमेतलाई लिएर सडक निर्माणको अनुगमन गरेका हुन् ।rss
तस्बिर रासस
उनले आफू १५ दिनपछि अनुगमनमा आउँदा सडकमा रहेको खाल्डाखुल्डी पुरिनुपर्ने बताउदै खाल्ड खुल्डी नपुरिए ठेकेदार माथि कारबाही गर्ने चेतावनी दिएका छन् ।