काठमाण्डौँ , २४ साउन – बैंकिङ्क्षेत्रमा आइरहेको आधुनिक्ता सँगैँ प्रभु ग्रुपले प्रभु पे नामक डिजिटल वालेटको सुरुवात गरेको छ। आज आयोजित एक कार्यक्रममा प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनले यसको प्रयोग गरी शुभारम्भ गरेका छन्।
अनलाइन मात्र नभई युनियन पे र क्यूआर को द स्क्यान मार्फत पनि पैसा तिर्न सकिने सुबिधा रहेको
प्रभु पे प्रभु ग्रुपले डिजिटल सेवामा आकर्षण बढिरहेका बेला प्रभु पे को सुरुवात गरेर नयाँ र फरक सुबिधा प्रदान गरेको जनाएको छ। प्रभु पेको मोबाइल एप डाउनलोड गरेपछि पैसासँग सम्बन्धित सम्पूर्ण कार्यहरु जस्तै कुनै बैंक तथा वित्तीय संस्थाको खाताबाट पैसा ट्रान्सफर गर्न, बिजुली, पानीको बिल भुक्तानी गर्न, किनमेलमा पैसा तिर्न, प्रभु टिभी रिचार्ज गर्न, मोबाइल रिचार्ज गर्न, सहज हुने प्रभु समुहअका अध्यक्ष गौचनले जानकारी दिएका छन्।
यसैगरी प्रभु पे ले आफ्ना नियमित ग्राहकलाई १० लाखसम्मको दुर्घटना वीमाको सुबिधा पनि दिएको जानकारी गराइएको छ। साथै प्रभु पे को एप अरुलाई रिफर गरेमा ३० रुपैया बराबरको ब्यालेन्स पाइने छ भने यस एपमा आफ्नै अलग्गै च्याट गर्न मिल्ने सुबिधा पनि रहेको छ।