अर्जेन्टिनी ‘फुटबल स्टार’ लियोनल मेसी सन्यासीको तयारिमा

काठमाण्डौँ , २४ साउन  – मेसीले अर्को महिना खेलिने अर्जेन्टिना र ग्वाटेमालाबीचको खेलपछि सन्यास लिने सोच बनाएका छन ।
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलजगतबाट सन्यास लिने भएका हुन।

अर्जेन्टिनी टोलीका अन्तरिम प्रशिक्षक लियोनल स्कालोनीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लियोनल मेसी अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने तयारीमा रहेको जानकारी दिएका छन् ।
मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने वा नलिने भन्ने बारेमा छिट्टै टुंगो लाग्ने प्रशिक्षक स्कालोलीले बताए ।

सन् २०१६ को को अमेरिका फुटबलको फाइनलमा अर्जेन्टिनी टोली चिलीसँग पराजित भएपछि पनि मेसीले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यासको घोषणा गरेका थिए । त्यसको केही महिनापछि नै मेसीले समर्थक र देशका राष्ट्रपति माउरिसियो माकरीको आग्रमा सन्यास फिर्ता लिएका थिए । ३१ वर्षीय मेसीले यसअघि अप्रत्याशित रूपमा सन्यासको घोषणा गरेकोले संघ फेरि झस्किएको छ ।

रुस विश्वकपको प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि मेसीले सन्यास लिने सोच बनाएका थिए । विश्वकपलगत्तै टोलीका प्रशिक्षक जर्ज साम्पाओलीले राजीनामा दिएपछि स्कालोनीले अर्जेन्टिनी टोली सम्हाल्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.