ठग्ने अनौठो तरिकाः भाडाको लक्जरी गाडी र बाउन्सर लिएर धनी युवतीलाई जालमा पार्ने ‘तरुण’ पक्राउ

 नयाँ दिल्ली । नेपाल मात्र नभएर विश्वका विभिन्न देशहरुमा ठगहरुको विगविगी उत्तिकै छ । अझ भन्नु पर्दा हाम्रो छिमेकी राष्ट्र भारतमा ठगहरुले अड्डानै चलाएर बसेका समाचारहरु पनि मिडियामा नआएको होइन । अहिले दिल्ली प्रहरीले यस्तो एक बुद्धिमानी ठगलाई गिरफ्तार गरेको छ । जसले महँगो सुट लगाउँथे, अंग्रेजी भाषा कुनै अंग्रेजी प्रोफेसरको भन्दा बोल्दैनन्, र महँगो गाडी चड्ने एक युवकले महिलाहरुलाई आफ्नो जालमा फसाएर ठग्ने गरेको पाइएको छ ।

ती युवक कम्प्युटर साइन्सका विद्यार्थी हुन् । उनले आजसम्म दर्जनभन्दा बढी महिलाहरुलाई फसाएर लाखौं रुपैया ठगी गरेका छन् । दिल्ली प्रहरीको फन्दामा परेका ती ठगको नाम तरुण पोदार हो । उनी २४ वर्षका भएका छन् । अहिले उनको उमेर सानै भएपनि धेरै धनी बन्नका लागि यस प्रकारको नयाँ आइडिया निकालेका हुन् । जसको कारणले अहिले उनी प्रहरीको फन्दामा परेका छन् । प्रहरीका अनुसार, दिल्लीकी स्थानीय एक महिलाले तरुण पोदार बिरुद्ध उजुरी गरेपछि ती युवक पक्राउ परेका हुन् ।

ती महिलाले आफ्नो छोरालाई एक उत्कृष्ट स्कुलमा भर्ना गर्ने भनदै १२ लाख रुपैयाको माग गरेको उजुरी गरेकी थिइन् । साथै उनले तरुणलाई आठ लाख दिइसकेकी पनि थिइन् । यसै क्रममा तरुणले सोही स्कुलको एक फेक आइडी र फके वेवसाइट बनाए र सो स्कुलको तर्फबाट छोराको भर्ना भएको भन्दै फेक इ मेल गरे । यसका साथै तरुणले ती महिलालाई सोही फेक वेवसाइटको लिंक पठाएर भरोसा पनि दिलाएका थिए । तर जव ती महिला आफ्नो छोरोलाई लिएर स्कुल पुगे, तज थाहा भयो कि उनलाई ठगेका रहेछन् । त्यसछि ती महिलाले तुरुन्त प्रहरीलाई उजुरी दिइन् । साथै प्रहरीले लोकेशन तुरुन्तै ट्र्याक गरेर तरुणलाई गिरफ्तार गरेको हो ।

प्रहरीले अनुसन्धान गर्दा तरुणले महिलाहरुलाई प्रयोग गर्दै ठगी गर्दै आएका थिए । तरुणले महिलाहरुलाई आफुप्रति इम्प्रेस गर्नका लागि पहिले पाँच तारे होटलमा भेट गर्थे । कहिले भाडाको लक्जरी कार बाउन्सर लिएर हिँड्थे । उनले यस्तो गर्नुको कारण महिलाहरुले उनलाई पत्याओस भन्ने हो ।

वेष्ट दिल्लीको डिएसपी विजय कुमारका अनुसार प्रहरीले अनुसन्धान गर्दा थाहा भयो कि तरुणले युवतीहरुलाई इम्प्रेस पार्नका लागि अन्य कुनै लेखकको कृतिको कभर पेज बद्लेर आफ्नो नाम लेख्थे र सपिङ वेवसाइटमा अपलोड गर्ने गर्थे । तरुणले एक पटक धनी व्यापारीको छोरीलाई पनि आफ्नो जालोमा फसाएका थिए । उनको साथमा विहे पनि गरेका थिए । तर उनको वास्तविक कुरा थाहा भएपछि सम्बन्धका हिउँ जमेको थियो ।

Leave a Reply

Your email address will not be published.