८३ लाख नेपाली नगदसहित ४ जना ‘भारतीय प्रहरी’को नियन्त्रणमा

काठमाण्डौँ , २४ साउन -भारतको महराजगंज जिल्लाको सिमावर्ती बजार ठुठीबारी र नवलपरासीको महेशपुर सीमासंग जोडिएको सीमामा भारतबाट नेपाल भित्र्याउँदै गरेको नेपाली र भारतीयसमेत गरी करिब ८४ लाख रुपैँया नगद सहित ४ जना युवाहरुलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले सवारी साधन चेकजाँचको क्रममा युपी ५३ सीबी ४३९८ नम्बरको भरतीय सेतो कारमा सवार ४ जना युवाले नेपाली ८३ लाख २० हजार र भारतीय ४४ हजार रुपिया नगद सहित फेला पारेपछि कार र नगद रुपैया सहित कारोबारी ४ वटै युवाहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा विहारको सिवान बस्ने निरंजन कुमार, गोरखपुर खजनी निवासी रामेश्वर सिंह, देवरियाको तरकुलवा निवासी धर्मेन्द्र राव, र महराज गंजको निचलौल निवासी मुंशरीफ रहेका छन ।

बुधबार विहानकै समयमा रुपैयाले भरिएको कार भारतबाट ठुठीबारी–महेसपुर नाका हुदै नेपाल छिराउन खोज्दा शंकाका आधारमा प्रहरीले कार चेकगर्दा कारको डिग्गीमा कागज बेरेर राखिएको नेपाली र भारतीय मुद्रा फेला पारी कार र युवकहरुलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्ने चारै जना भारतिय हुन सक्ने प्रहरील् जनाएको छ ।

Leave a Reply

Your email address will not be published.