गुट्खा उद्योगमा बम विष्फोट

काठमाण्डौँ , २४ साउन – कैलालीको लम्कीचुहा नगरपालिका १ लम्की बजारमा रहेको देउती गुट्खा उद्योगमा बम विष्फोट भएको छ । बिहीबार विहान करिब ५ बजेको समयमा उद्योगको गेट नजिकै अज्ञात समूहले प्रेसर कुकर बम विष्फोट गराएको हो ।

विष्फोटका कारण उद्योगको पर्खाल र छानामा क्षती भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख, प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिए ।
यसअघि पनि साउन २ गते उक्त उद्योगमा अज्ञात समूहले २ वटा सकेट बम राखेको थियो । उक्त बमलाई सेनाको निष्कृय पारेको थियो ।

बम किन र कसले विष्फोट गराएको भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.