यि महिलाले सडकमै जन्माइन बच्चा

काठमाण्डौँ , २४ साउन – इलामकी एक महिलाले सडकमै शिशु जन्माएकी छन् । इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले सडकमै शिशुलाई जन्म दिएकी हुन्।

सुत्केरी बेथा लागेपछि अस्पताल लैजाँदै गर्दा मेची राजमार्गको पुवाखोला बजारमा गोमाले स्थानीय महिलाकै सहयोगमा बुधबार दिउँसो शिशुलाई जन्म दिएकी हुन् ।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि स्वास्थ्य संस्था टाढा भएकै कारण स्वास्थ्य सम्बन्धी सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको इलाम नगरपालिकाका–४ का अध्यक्ष नुतनदेव दुलालको भनाई छ । रासस

Leave a Reply

Your email address will not be published.