इतिहासमा आजः नागासाकीमा अमेरीकाद्वारा दोस्रो पटक आणविक बम प्रहार/ मलेसियाबाट सिंगापूर अलग्गिएको दिन !

एजेन्सी । आज अगष्ट नौं (९) तारिख २०१८ । अगष्टको आजकै दिन, अर्थात् नौं (९) तारिखकै दिन विश्वमा केही घटनाहरु भएका छन्, जुन घटनाले विश्वमा तरंग ल्याएको थियो ।

आज हामीले तपाईहरुलाई विभिन्न काल खण्डमा अगष्ट ९ तारिखका दिन भएका केही घटनाहरुलाई तपाईमाझ प्रस्तुत गर्दैछौं ।

अगष्ट नौं (९) तारिखका दिन भएका घटनाहरु यस प्रकार छन्ः

१. सन् १८१५ को अगष्ट ९ तारिखका दिन फ्रेञ्च सम्राट नेपोलियन वोनापार्टलाई सेण्ड हेलेना टापुमा कैद गर्न नर्थम्बरल्याण्ड नामक ब्रिटिश जहाजमा लगिएको थियो ।

२. सन् १९४२ को आजकै दिन अर्थात, अगष्ट नौं (९) तारिखका दिन महात्मा गान्धी लगाएतका अन्य ५० जना लाई बम्बेबाट गिरफ्तार गरिएको थियो । व्रिटिश शासन विरुद्धमा उनीहरुले ‘भारत छोडो’ अभियान चलाएका थिए, सोही कारण उनीहरुलाई गिरफ्तार गरिएको थियो । उनीहरुको कांग्रेस पार्टीले व्रिटिश शासन विरुद्ध ‘भारत छोडो’ अभियान चलाएको थियो ।

३. सन् १९४५ को आजकै दिन (अगष्ट ९ तारिख) अमेरिकाद्वारा जापानको नागासाकी शहरमा ‘फ्याट म्यान’ नामक आणविक बम दोस्रो पटक प्रहार गरेको थियो । जसको कारण त्यहाँका सवा लाख मानिसहरुको ज्यान गएको थियो । त्यतिखेर दोस्रो युद्ध भइरहेको थियो । अमेरिकाले नागासाकी शहरमा बम प्रहार गरेको ६ दिन पनि जापानले आत्मासमर्पण गरेको थियो ।

४. सन् १९५३ को आजकै दिन(अगष्ट ९ तारिख) कश्मीरका प्रधानमन्त्री शेख महम्मद अब्दुललाई भारत सरकारले पदबाट बर्खास्त गरेको थियो, भने भारतको नयाँ दिल्लीबाट कश्मीरको शासनाधिकार ग्रहण गरेको थियो ।

५. सन् १९६५ को अगष्ट ९ तारिख अथार्त आजकै दिन मलेसियाबाट सिंगापूर अलग्गिएको थियो । साथै इन्डिपेन्डेन्टस् भएको थियो ।

Leave a Reply

Your email address will not be published.