एजेन्सी । भारतीय चर्चित सिरियल ‘नागिन ३’ बाट पुनः चर्चामा आएकी अभिनेत्री करिश्मा तन्ना आफ्नो नयाँ फोटोसुटको कारण चर्चामा छन् । सार्वजनिक तस्वीरहरुमा उनी स्वीमसुटमा स्विमिङमा पुलमा मस्ती गरिरहेकी छन् । यनले यस फोटोसुटलाई आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छन् । करिश्मा तन्नाको यस तस्वीरलाई एक लाख भन्दा बढीले लाइक नै गरेका छन् ।

करिश्माको यस फोटोसुटलाई कसैले हट एण्ड व्युटिफुल भन्दै कमेन्ट गरेका छन् । त्यस्तै कसैले व्याड तथा डर्टी पिक्चर भनेर पनि कमेन्ट गरेका छन् । त्यस्तै करिश्मा तन्नाको यस तस्वीरलाई केहीले भद्दा कमेन्ट पनि गरेका छन् ।

अभिनेत्री करिश्मा रणवीर कपुरसँग काम गरेपछि अर्का रणवीर सिंहसँग पनि देखिने भएकी छन् । रिपोर्टका अनुसार करिश्माले रणवीरसँग एक विज्ञापनमा शुट गरेकी छन् । रणवीर र करिश्माको यस नयाँ विज्ञापन ‘चिंग्स चाइनिज’को नयाँ विज्ञापनमा देख्न पाइनेछ ।
रणवीर सिंह यो कम्पनीको ब्राण्ड एम्बेशडर हुन् ।


