काठमाडौं । युवाहरुको कथामा बनेको फिलम ‘शिरफूल’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मको ट्रेलरमा काठमाडौंका यूवा जमातको रहनसहनको झलकलाई देख्न सकिन्छ । नाइस मिडिया नेटवर्क र मगर क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म कमल एक्चै मगरको निर्देशनमा तयार भएको हो ।
यो फिल्ममा रुपा राना, राथ थापा, देवराज आले, विनिता थापा, सुनिल रोकमा, राजु यूगिन लगायतका कलाकारको मुख्य भूमिका छ ।
फिल्ममा हरी लम्साल र देब राज अले मगरको संगीत छ । देवराज आलेको कथामा तयार भएको फिल्मलाई निरोज श्रेष्ठले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।
आगामी मंसिर २१ गतेबाट यो फिल्म दर्शकमाझ रिलिजमा हुँदैछ ।