प्रवक्ता पक्राउपछि विप्लवद्धारा नेपाल बन्दको घोषणा

काठमाण्डौँ , २३ साउन  – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा प्रवक्ता पक्राउ परेपछि आन्दोलनको घोषणा गरेको छ । प्रवक्तासँगै स्थायी समिति सदस्य तथा पोलिटब्यूरो सदस्यहरु पक्राउ परेपछि विप्लवले पाँच दिने आन्दोलनको घोषणा गरेको छ ।

पार्टी प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि महासचिव विप्लवले एक विज्ञप्ती जारी गर्दै साउन २९ गते नेपाल बन्दको घोषणा गरेका छन् । आन्दोलनका कार्यक्रम अन्र्तगत साउन २५ गते देशव्यापी कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मसाल जुलुस र २९ गते नेपाल बन्द गरिनेछ ।

Leave a Reply

Your email address will not be published.