आफ्नै मृत्युको प्रमाणपत्र हातमा, जिउँदो रहेको प्रमाण जुटाउन सकस

महोत्तरी, २३ साउन औरही–६ खोपीबैरियाका ५९ वर्षीय रामसेवक यादव आफ्नो मृत्युको प्रमाणपत्र बोकेर जिउँदै रहेको प्रमाण जुटाउन जिल्ला प्रशासन कार्यालय, अदालत र जनप्रतिनिधिसम्म पुगेका छन ।

आफ्नै सौतेनी आमा र भाइमो मिलेमतोमा यादवको नाममा रहेको
करोडौंको जग्गा हत्याउन २०६८ जेठ १ गते मृत्युको प्रमाणपत्र बनाइएको थियो ।

जलेश्वर–बर्दिवास सडकछेउकै १० कठ्ठा खेत र ५ कठ्ठा घडेरीको मोहमा परेर सोतेनि आमा र उनका छोरा रामपुकारको दबाबमा बुवा रामवृक्ष यादवले त्यतिबेला भारतको पञ्जावमा रहेको आफ्नै जिउँदो छोराको मृत्युको प्रमाणपत्र बनाएका थिए ।

एक बर्ष अगाडी घर फर्केका यादवलाइ तेरो त मृत्यु भैसकेको छ भन्दा उनि आफै चकित परै झनै आफ्ना बुवाको मृत्यु भैसकेको कारणले यादवलाइ आफै जिँउदो रहेको प्रमाण जुटाउन निकै अप्ठ्यारो परेको उनि भन्छन ।

आफु जिाउदो रहेको प्रमाण जुटाउन कैयौँ पटक सबैतिर गुहारिसकेका छन ।

उकत बिषयमा महोत्तरीका सिडिओ उमेशकुमार ढकालले संघीय मामिला मन्त्रालयको पञ्जीकरण विभागसँग जोडिएको समस्या भएकाले स्थानीय विकास अधिकारीसित कुराकानी भइरहेको बताएका छन ।

‘जिउँदो मान्छेको मृत्युको प्रमाणपत्र बनाएर अन्यायमा पार्नेलाई कडा कार्वाही गर्ने उनले बताएका छन ।

Leave a Reply

Your email address will not be published.