‘ठग्स अफ हिन्दोस्तान’का आमिर र अमिताभ

काठमाण्डौ , २३ साउन – यसै वर्ष दिपावलीमा रिलिज हुने अहिलेसम्म बनेका बलिउड फिल्महरु मध्ये सर्वाधिक लागतमा बनेको बहुप्रतीक्षित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा पहिलो पटक अभिताभ बच्चन र आमिर खान सँगै देखिने भएका छन् ।

आमिर र अमिताभको बिशेष लुक्सका कारण झनै चर्चामा रहेको ‘ठग्स अफ हिन्दोस्तान’ यश राज ब्यानर अन्तरगत बनेको हो ।
फिल्ममा कट्रिना कैफ र फातिमा सना शेख समेत रहेका छन ।

फिल्मका मेकरहरुले संसारका विभिन्न ठाँउहरुमा घुमेर छायाँकनका लागि नयाँ नयाँ लोकेसनहरु खोजी गर्दै फिल्मको छायाँकन भैरहेको छ ।

विजय कृष्ण आचार्यको निर्देशनमा रहेको यो फिल्म इंग्लिस उपन्यासकार फिलिप मिडोज टेलरको १८३९ मा प्रकाशित उपन्यास ‘कन्फेसन्ज अफ अ ठग’ मा आधारित रहेको छ ।

हालै यस फिल्मको छायाँकन फिल्म छायाँकनका लागि नयाँ र भर्जिन मानिने माल्टामा गरियो, जहाँ यस अघि विश्व चर्चित टिभि सिरिज ‘गेम्स अफ थ्रोन’को सुटिङ्ग गरिएको थियो ।

थाईल्यण्डको रेन फरेस्टदेखि राजस्थानको मरुभूमिसम्मका अदभूत दृश्यहरु समेटिएको ‘ठग्स अफ हिन्दोस्तान’को सुटिङ्गका लागि भव्य कृत्रिम जहाज र सेटहरु समेत लगाइएका छन् ।

Leave a Reply

Your email address will not be published.