काठमाडौँ , २३ साउन -महानगरपालिकाले छिटै ठमेलमा साइकल लेन (साइकलमात्र हिँड्ने बाटो) निर्माण गर्ने भएको छ । को छ । मुख्य पर्यकटीयस्थल ठमेलमा घुम्न आउने पर्यटक साइकलमा यात्रा गर्न रमाउने भएकाले उनीहरुलाई नै लक्षित गर्दै उक्त स्थानमा साइकल लेन निर्माण गर्न लागेको कामपाले जनाएको छ ।
कामपाका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार उक्त कार्य अहिले ठमेलबाट शुरु गर्ने र अन्य स्थानमा पनि आवश्यकताअनुरुप विस्तार गरिनेछ । “काठमाडौँ उपत्यकाको सवारी साधनबाट हुने गरेको बढ्दो प्रदूषण नियन्त्रण गर्न पनि यस किसिमको व्यवस्था जरुरी भइसकेको छ,” प्रमुख थापाले भने ।
चालु आवमा मात्रै कामपाले साइकल लेन निर्माणका लागि एक करोड बजेट छुट्याएको छ । शुरुमा ठमेलमा निर्माण उक्त कार्य बजेटले भ्याएसम्म अन्य स्थानमा पनि निर्माण गर्ने योजना कामपाको रहेको छ ।
अघिल्लो वर्ष नै कामपाले मुख्य पर्यटकीयस्थल भन्दै ठमेललाई सवारीरहित क्षेत्र घोषणा गरिसकेको भएपनि पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।