हेटौंडा, २३ साउन- हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्राचौरमा रहेको ओम्याक्स थ्रीडी फिल्म हलमा आगलागी हुँदा करोडौंको क्षती भएको छ । विद्युत सर्ट भएर बिहान लागेको आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ ।
विहान ९ वजेदेखि लागेको आगो नियन्त्रणमा लिन भएको प्रयास करिव ३ घण्टापछि सफल भएको थियो।
उपमहानगरपालिकाको दमकल, अमलेखगञ्जको नेपाल आयल निगम र चितवनमबाट आएको दमकलको सहयोगमा स्थानिय प्रहरी सेना शसस्त्र र स्थानियबासीले आगलागी नियन्त्रणमा सहयोग गरेका थिए।