क्यारेबियन प्रिमियर लिग सुरु, सन्दीप चुनिए क्रिस गेलको टिममा

काठमाण्डौ , २३ साउन – क्यारेबियन प्रिमियर लिग आजबाट सुरू हुँदैछ। विभिन्न ६ टोलीको सहभागीता रहेको क्यारेबियन प्रिमियर लिग प्रतियोगितामा नेपाली युवा बलर सन्दीप लामिछानेले पनि खेल्ने भएका छन । सेन्ट नेभिस एण्ड प्याट्रिओट्सको ५ हजार डलरमा अनुबन्धित सन्दीपले पहिलो खेल भोली बिहीबार खेल्ने छन ।

सीपीएल खेल्नका लागि सन्दीप नेदरल्याण्ड्सबाट आइतवार नै वेष्टइन्डिज पुगिसकेका छन्। सन्दिपको टिमको नेतृत्व वेष्टइन्डिजका स्टार क्रिस गेलले गर्नेभएका छन ।

सन्दिपको टोली प्याट्रिओट्सले भोली गुएना अमेजन वारियर्ससँग खेल्नेछ। आजको उद्घाटन खेलमा साविक विजेता ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया स्टारबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published.