आफ्नै छोरीको हत्या आरोपमा बुबाआमा पक्राउ

बारा , २३ साउन – गत अषाढ १२ गते मंगलवार बाराको कलैया उपमहानगरपालिकामा एक युवतीको रहस्यमय मृत्यु भएको खवर सार्वजनिक भएको थियो । कलैया उपमहानगरपालिका वडा नम्वर ५ घुसुकपुरका बृजकिशोर मिश्राको छोरी अन्दाजी १८ वर्षिय प्रियांका मिश्राको रहस्यमय मृत्यु भएको थियो ।

प्रहरी कार्यलयबाट करिब सय मिटरको दुरीमा घटना घटेको घटना भएको करिव २४ घण्टा पछि मात्रै प्रहरीलाई हत्या बारे थाहा भएको स्थानियहरु बताएका थिए ।

करीब डेढ महिना लामो अनुसन्धान पछि उक्त हत्या गरेको अभियोगमा संलग्न भनि उनकै पिता , प्रधानाध्यापक ब्रजकिशोर मिश्रसहित ४ जनालाइ पक्राउ गरेको छ।

घटना पछि चौतर्फ़ि दबाबमा परेपछि प्रहरीले घटना भएको करिब डेढ महिना पछि मृतकको बाबु ब्रज किशोर मिश्र, आमा पुष्पा देवी मिश्र, काका हरीकिशोर मिश्र र रामनाथ मिश्रलाई मंगलबार पक्राउ गरेको हो।

 असार १२ गते बेलुका प्रियंका लाइ उपचारको लागी बिरगंजतर्फ लादै गरेको अवस्थामा बाटोमा मृत्यु भएको भनिएको थियो ।

Leave a Reply

Your email address will not be published.