यि एजण्डाहरुका साथ :बालुवाटारमा नेकपा सचिवालयको बैठक

काठमाण्डौँ , २३ साउन -प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा सचिवालयको बैठक बसीरहेको छ ।
बैठकमा प्रधाननमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका सदस्यहरू सहभागी छन् ।

पार्टीको भावी रणनीति तथा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक बसिरहेको हो ।
सर्वोच्च अदालको प्रधानन्यायाधीशमा जोशीको नाम अस्वीकृत भएपछिको परिस्थिति , संसदीय समितिको सभापति चयन, राजदूतहरूको नियुक्ति लगायत अध्यक्ष प्रचण्डले गर्ने भनिएको चीन र भारत भ्रमणको विषयमा समेत छलफल हुने कार्यसूची रहेको छ।

पार्टी प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका नारायणकाजी श्रेष्ठपनि बैठकमा उपस्थित रहेकाछन् ।

Leave a Reply

Your email address will not be published.