करुणानिधिको अन्त्येष्टिको विवाद अदालत पुग्यो, उच्च अदालतले उनको अन्त्येष्टि कहाँ गर्ने भन्ने फैसला गर्दै

एजेन्सी । गत २८ जुलाईमा अस्पतालमा भर्ना भएका तमिलनाडुका पूर्वमुख्यमन्त्री एम करुणानिधिको मंगलबार साँझ ९४ वर्षको उमेरमा निधन भएको थियो ।
अहिले करुणानिधिको अन्त्येष्टिको विवाद अदालत पुगेको छ । बुधबार बिहान मद्रास उच्च अदालतले उनको अन्त्येष्टि कहाँ गर्ने भन्ने फैसला गर्नेछ ।

करुणानिधिलाई समाधिस्थ गर्ने कि नगर्ने भन्ने विषयमा मंगलबार राति उच्च अदालतका मुख्य न्यायाधीशको निवासमा सुनुवाइ शुरु भएको थियो । उक्त सुनुवाई बुधबार बिहानसम्मका लागि स्थगित गरिएको थियो । अदालतले राज्य सरकारसँग यो विषयमा जवाफ मागेको छ ।

करुणानिधिको पार्टी डिएमकेले शवलाई मरीना बीचमा समाधिस्थ गर्न माग गरेको छ र त्यसका लागि प्रदेश सरकारसँग जग्गा उपलब्ध गराइदिन भनेको छ । तर, एआईएडीएमके सरकारले त्यसको अनुमति नदिएपछि यो विवाद उच्च अदालतसम्म पुगेको छ । मरीना बीच त्यो क्षेत्र हो जहाँ तमिलनाडुका दिग्गज नेताहरुलाई समाधिस्थ गरिएको छ ।

एम करुणानिधिका समर्थकहरुले मरीना बीचमा अन्तिम संस्कार हुनुपर्ने र त्यहाँ स्मारक पनि बनाइनु पर्ने माग राख्दै मंगलबार साँझ नै अस्पताल बाहिर तोडफोड गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । आजतकबाट अनुवाद

Leave a Reply

Your email address will not be published.