आर्यन सिग्देलको ‘कायरा’ को ‘रंग छ कहाँ’ सार्वजनिक

काठमाडौं । गत शुक्रबारबाट प्रर्दशनमा आएको फिल्म ‘कायरा’मा समाबेश ‘रंग छ कहाँ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा नायक आर्यन सिग्देललाई फिचर गरिएको छ ।

कोसिश क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा केतन क्षेत्रीले स्वर दिएका छन् । लक्ष्मण रिजालले निर्देशन गरेको यो फिल्ममा आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहका अलवा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरुको पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

आर्यन सिग्देलको आफ्नै कथा रहेको यो फिल्ममा स्क्रिन प्ले र डाइलग केदार भुषालको हरेको छ । फिल्मलाई शिबराम श्रेष्ठले खिचेका हुन् भने बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् ।

Leave a Reply

Your email address will not be published.