तीन तस्वीरमा आर्यन र श्रृष्टिको रोमान्टिक अवतार

काठमाडौं । अभिनेता आर्यन अधिकारी र अभिनेत्री श्रृष्टि श्रेष्ठ अभिनीत फिल्म ‘बाँध मायाले’को शीर्ष गीतको हालै छायाङ्कन गरिएको छ । यतिबेला उक्त गीत छायाङ्कन समयमा खिचिएका केही तस्बिरहरू सार्वजनिक भएका छन् । जहाँ आर्यन र श्रृष्टीको केमेष्ट्रीलाई देख्न सकिन्छ । सार्वजनिक तस्बिरमा श्रृष्टि निकै हट देखिएकी छिन् ।

अर्जुन पोखरेलले सङ्गीत दिएको गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । कुलेखानी र राजधानीमा पाँच दिन लगाएर गीतको छायाङ्कन गरिएको निर्माण पक्षले जानकारी दिए । सबिर श्रेष्ठको निर्देशन रहेको फिल्म ‘बाँध मायाले’ असोज ५ गते रिलिज हुँदैछ । फिल्मको पहिलो गीत केही दिनमा सार्वजनिक गरिने निर्देशक श्रेष्ठले जानकारी दिएका छन् ।

यो फिल्मलाई रामहरि धिताल र विभिषिका श्रेष्ठले संयुक्त रूपमा निर्माण गरेका हुन् । फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भन् द्धन्द्ध रोशन श्रेष्ठको रहेको छ । चलचित्रमा आर्यन र श्रृष्टिको अलावा राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published.