एजेन्सी । सलमान खानको आगामी फिल्म ‘भारत’ छोडेपछि अभिनेत्री प्रियंका चोपडाको निकै चर्चा हुन थालेको छ । सलमान खान प्रोडकश्नमा बनिरहेको फिल्म ‘लभरात्री’ को ट्रेलर गत सोमबार रिलिज भयो । यसै ट्रेलर रिलिज कार्यक्रममा अभिनेता खानले प्रियंकासँगको विवादको बारेमा बोलेका छन् ।
दबांग खानले भने, ‘म पछिल्लो समय समाचारहरु पढिरहेको छैन । किनभने म ‘लभ यात्री’ को काममा व्यस्त थिए । एक पटक त्यस समाचारलाई म पढ्छु र बुझ्छु, अनि भोली तपाईलाई भन्नेछु ।’
फिल्म ‘भारत’को बारेमा बारम्बार आईहरेको विवादहरुको बारेमा अभिनेता खान भने, ‘प्रियंकाले ‘भारत’को सुटिङ सुरु हुनु १० अगावै फिल्म छोडिन् । उनलाई मन परेको थिइनन् भने पहिल्यै भन्नुपथ्र्यो । उनले मलाई भेटेकी थिईन्, र आफ्नो पर्शनल कामको कारण फिल्मका काम गर्न नसक्ने बताएकी थिइन् । तर पछिबाट थाहा भयो कि उनले हलिउड हिरोसँग काम गर्न साइन गरिरहेकी थिइन् । खास कारण के थियो, कुन थिए, त्यो कुरा चाँही प्रियंका आफैलाई थाहा होला ।’
सलमानले थपे, ‘हामीलाई पहिल्यै म सँग नभएर प्रियंकाले हलिउडमा काम गर्न चाहेकी कुरा थाहा भएको भए राम्रो हुने थियो । हामीले उनलाई काम गर्नको लागि साइन् नै गर्न लगाउँदैनथ्यौं ।’
यसै सन्दर्भमा सलमानलाई के प्रियंकाको बिहेमा अटेण्ड गर्नुहुन्छ रु भन्ने प्रश्नको जवाफ फर्काउँदै भने, ‘किन अटेण्ड नगर्नु रु प्रियंकाले म सँग काम गरिरहेकी छैन, तर केही पनि छैन । कमसेकम बाहिर कुनै हिरोसँग त काम गरिरहेकी छन् । साथै हाम्रो देशको नाम पनि त बाहिर आईरहरेको छ । हामी खुसी छौं । प्रियंकासँग कुनै नराम्रो हामीसँग छैन ।’