११ वर्षीय बालक खड्काको हत्या बारे अर्को रहस्य खुल्यो

काठमाडौं । अपहरीत ११ वर्षीय बालक निशान खड्काको अपहरण पछि घाँटी थिचेर हत्या भएको पुष्टी भएको छ । आइतबार साँझ काठमाडौैं काँडाघारीमा हत्या भएका निशान खड्काको अपहरण पछि घाँटी थिचेर हत्या गरिएको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले गरेको पोष्टमार्टम रिपोर्टले पुष्टी गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताएका छन् ।

सिंहका अनुसार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले गरेको पोष्टमार्टम रिपोर्टले निशानको घाँटी थिचेर हत्या गरेको देखाएको हो ।

आईतबार साँझ भक्तपुरमा डेरा गरीबस्ने गोपाल तामाङ र अजय तामाङले बालकको क्रुर हत्या गरेका थिए । तर, प्रहरीले बालकको खोजी थालेको ८ घण्टा वित्न नपाउँदै बालकको हत्या भएको प्रहरीको ठम्याई छ ।

अपहरणकारी गोपाल र अजय प्रहरी मुठभेडमा सोमबार भक्तपुरको डोलेश्वरमा मारिएका मारिएका छन् । प्रहरी अनुसन्धान अनुसार राति ११ देखि १२ बजेको समयमा बालकको हत्या भएको देखिएको हो ।

Leave a Reply

Your email address will not be published.