वैज्ञानिकहरुको पुष्टिः गाँजरको सेवनले मुटुरोग तथा क्यान्सरबाट बच्न सकिने

गाँजर खानाले दाँतको दोहोरो बचाव हुन्छ । जसका कारण गाजरलाई धेरैबेला सम्म चपाउने गरिन्छ मुखमा प्रसस्त मात्रामा र्याल निस्किन्छ । यसका साथै गाँजर खानाले गिजा तथा दाँतको भित्रि भागहरुमा मसाज हुनुका साथै उक्त स्थानमा रगत संचार नियमित रुपले हुनथाल्छ । दैनिक एउटा गाजर खानाले दाँतको आयु बढ्ने तथा दाँत स्वस्थ तथा सुन्दर देखिन्छ । खाना खाएपछि एउटा गाँजर खानाले हाम्रो दाँतलाई मजबुत बनाउनुका साथैदात चम्किलो बनाउने कामपनि गाजरले गर्दछ ।

हालसालै गरिरिएको एक अध्यननले गाँजर खाने महिलाहरुमा भविष्यमा हुनसक्ने स्तन क्यान्सरको सम्भावना ६० प्रतिशतले कम हुने देखाएको छ । बैज्ञानिकहरुका अनुसार गाजरमा प्राकृतिक रुपमा पाइने रसायनले क्यान्सरको सम्भावनालाई घटाउँछ । अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रेसनमा प्रकाशित एक रिपोर्टले स्तन क्यान्सरका लागि गाँजरको प्रयोग अत्यन्त प्रभावकारी देखिएको उल्लेख छ । सो अध्ययन अनुसार गाजरमा पाइने विटा क्यारोटिनले स्तन क्यान्सर हुने सम्भावना ४० देखी ६० प्रतिशत कम हुने देखाएको छ ।

बेलायतमा गरिएको सो अध्ययनमा १ हजार ५ सय स्तन क्यान्सर पिडीत महिला र त्यत्तिनै संख्यामा स्वस्थ महिला समावेश गरिएको थियो । सहभागिहरुमा बैज्ञानिकहरुले दैनिक रुपमा खाने खानाको सोध साथै रगतमा विटा–क्यारेटिनको मात्रा मापन गरेका थिए । जसबाट खानामा विटा क्यारोटिन पाइने पदार्थ जस्तै गाजर समावेश गरेका सहभागीहरुमा स्तन क्यान्सर हुने सम्भावना ४० देखि ६० प्रतिशत कम देखियो ।

गाँजरमा यो बाहेक अन्य पनि थुप्रै फाइदाहरु छन् । यसमा पाइने विटा क्यारोटिनलाई शरीरले भिटमिन ए मा परिवर्तितगरि आँखा तेजिलो पनि बनाउन सहयोग गर्छ । त्यसको साथसाथै रोग प्रतिरक्षा क्षमता बढाउन पनि गाजरले मद्दत गर्छ ।

Leave a Reply

Your email address will not be published.