काठमाण्डौ , २२ साउन -पश्चिम सिक्किमा रहेका उत्तरी भेगका गाउँ नेपालको सिमानामा रहेको चिवा भञ्ज्याङसँग जोडिने भएका छन ।भारतको सिक्किम सरकारले उक्त सिमाना जोड्न सडक निर्माण गर्न थालेको छ ।
उक्त निर्माण पछि सिक्किमको पर्यटन र व्यापारमा टेवा पुग्नुका साथै सिक्किम र नेपाल जोड्ने पहिलो स्तरीय सडक सम्पर्क हुने बताइएको छ ।
उत्तरी–चिवा भञ्ज्याङ मार्ग १८ किलोमिटर लामो हुनेछ । सिक्किम सडक तथा पुल विभागले २५ करोड भारु विनियोजन गरेको सोे सडक आगामी माघसम्म निर्माण भइसक्ने आशा गरिएको छ ।धेरै पहिले बनिसक्नुपर्ने खयो सडक वातावरणीय अनुमतिमा भएको ढिलाइले निर्माण ढिलो भएको सिक्किमका शहरी विकास र आवास विभागमन्त्री एनके सुब्बाले बताउनु भएकाो छ ।
“हाल निर्माण तीव्र गतिमा अघि बढिरहेको र पुसको मध्यसम्म सडक निर्माण भइसक्ने अनुमान गरिएको छ”, उनका अनुसार खुला सिमानाका कारण दुवैतर्फका जनताले वर्षौंदेखि सानोस्तरमा यहाँबाट व्यापार गरिरहेका थिए । सडक नै निर्माण भैसके पछि नेपाल र भारत बिचको ब्यापारीक सम्बन्ध झनै सहज बन्ने बताएका छन ।