काठमाण्डौ , २२ साउन – आज पनि शेयर बजार थारै अंकले घटेको छ। नेप्से परिसूचक १।४६ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
क वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।२६ बिन्दुले तल झरेको छ।
कारोबार अंक घटेपनि आज कूल १५७ कम्पनीको नौ लाख नौ हजार ३४१ कित्ता शेयर रु २१ करोड ३७ लाख ९१ हजार ३१५ मूल्यमा खरीद बिक्री भएको छ जुन आईतबार र सोमबारको तुलना भने बढिनै रहेको छ ।
आइतबार शेयर रु १६ करोड ७० लाख ४९ हजार ६८४ र सोमबार रु १९ करोड १७ लाख ४८ लाख १२० बराबरको खरीद बिक्री भएको थियो ।
स्टकका अनुसार आज तीन उपसमूहको शेयर बढेको छ । त्यसमा होटल ३२।३४, निर्जीवन बीमा ११।०५ र अन्य समूह २।४१ रहेका छन् । बैंकिङ ०।७७, विकास बैंक १।३१, जलविद्युत् ४।९६, वित्त क्षेत्र ४।०३, उत्पादन २४।४२, माइक्रोफाइनान्स १०।८१ र जीवन बीमा समूहको शेयर ३८।८३ बिन्दुले घटेको छ ।