राप्रपा ‘महिला संगठन’को सरकारविरुद्ध कडा प्रदर्शन

काठमाण्डौँ , २२ साउन- राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन (राप्रपा आवद्ध) ले देशमा शान्ति, सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेको छ ।

महिला र बालबालिकामाथि श्रृखलाबद्ध रुपमा भैरहेका हत्या, हिंसा र बलात्कार जस्ता घटनाहरुको विरोधमा मंगलबार काठमाडौंमा सरकारविरुद्ध संगठनले र्‍यालीसहित प्रर्दशन गरेको हो ।

सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै प्रर्दशनमा उत्रेका महिला नेतृहरुले गृह मन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका छन् ।

महिला र बालबालिकामाथि श्रृखलावद्ध रुपमा भइरहेको हत्या, हिंसा र बलात्कारको घटनाहरु रोक्न नसकेको कारण सरकारविरुद्ध प्रर्दशन गर्नु परेको राप्रपा महिला संगठनले जनाएको छ ।

बबरमहलबाट सुरु भएको विरोध र्‍याली माइतीघर मण्डलामा बमट कोणसभामा परिणत भएको थियो ।बलात्कारीलाई कडा कारबाही नगरिएको भन्दै सरकारविरुद्ध प्रर्दशनकारीहरुले चर्का नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published.