राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाइ आफ्नो प्रदेशको मोह बढि

काठमाण्डौँ , २२ साउन – राष्ट्रिय स्तरका योजना तर्जुमा गरेर ,समग्र देशको विकास गर्न राष्ट्रिय योजना आयोगको नेतृत्व गर्ने व्यक्ति आफै एउटा प्रदेशको समन्वयकर्ता बन्न थालेका छन ।
यसरी अन्य प्रदेशलाई न्याय होला त ? यसै बिच उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेल आफूलाई आफ्नो गृह प्रदेशको मोह बढि भएको रुपमा प्रस्तुत भएका छन ।

राष्ट्रिय योजना आयोगले कार्यविभाजन गरेका उपाध्यक्ष र सदस्यहरु मध्ये उपाध्यक्ष डा. कँडेललाइ प्रदेश ५ को तहगत समन्वय गर्ने विशिष्ट जिम्मेवारी दिएको छ ।

कँडेलले संवैधानिक अंगहरु, प्रधानमन्त्रीको कार्यालय, संघीय तथा सामान्य प्रशासनका साथै समष्टिगत आर्थिक क्षेत्र, नीति सम्वाद, वित्त, अर्थ, परराष्ट्र, वैदेशिक सहायता तथा अनुगमन, दिगो विकास लक्षको समग्र समन्वय उपाध्यक्ष कँडेलको कार्यक्षेत्रमा परेको भएता पनी उपाध्यक्षले प्रदेश ५ को समन्वयकर्ताको भूमिका खेल्दा अन्य प्रदेशलाई न्याय नपाउने योजनाविदहरुले बताएका छन ।

राष्ट्रिय योजना आयोगका सदस्यहरुमध्ये डा कृष्णप्रसाद ओलीले प्रदेश १ को समन्वय गर्ने जिम्मेवारी पाएका छन् । त्यस्तै सदस्य डा. उषा झाले प्रदेश २ को जिम्मेवारी सम्हालेकी छिन् भने प्रदेश ३ को तहगत जिम्मेवारी डा. रामकुमार फुँयालले सम्हालेका छन्।

प्रदेश नम्बर ४ को तहगत समन्वय डा दिलबहादुर गुरुङले गरीरहेका छन , भने प्रदेश ५ को उपाध्यक्ष कँडेल आफैंले समन्वय गरेका छन् त्यसै गरी प्रदेश नम्बर ६ का लागी मीनबहादुर शाही र ७ नम्बर प्रदेशको तहगत समन्वय सुशील भट्टले गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.