झापा , २२ साउन – पूर्व–पश्चिम राजमार्गको कन्काई नगरपालिका–१ दुर्गापुरमा सोमबार साँझ इलाका प्रहरी कार्यालय कन्काईको गाडीको ठक्करबाट एकजना सर्वसाधारणको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार बुद्धशान्ति गाउँपालिका–१ बुधबारेका २७ वर्षीका पंकज कोइराला को मृत्यु भएको हो ।
पश्चिमतर्फ गैरहेको इप्रका कन्काईको मे १ ज ५८६ नम्बरको गाडीले मे८प १२२३ नम्बरको स्कुटीमा पूर्वतर्फ आइरहेका कोइरालालाई ठक्कर दिएको थियो ।
झापा ट्राफिक प्रहरी कार्यालयले जनाए अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएका कोइरालालाई विर्तामोडस्थित बीएण्डसी हस्पिटलमा लगिएको थियो ।दुर्घटनाबाट गम्भीर घाइते भएका कोइरालाको मंगलबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो ।