डां .शेरबहादुर पुन
एक वयस्कको आँखा पहेँलो हुनुका साथसाथै बान्ता हुने, वाक–वाक लाग्ने, पेट दुख्नेलगायत लक्षण देखेपछि मसँग व्यक्तिगत रुपमा परामर्श लिन आइपुगेका थिएँ। शंका लागेर जाँच गर्दा हेपाटाइटिस ुईु देखियो। यो नै यो वर्षको पहिलो हेपाटाइटिस ुईु नेपालमा देखा परेको हुनसक्छ वा देखिन सुरु भएको हुनुपर्छ। वर्षातको समयमा हेपाटाइटिस ई देखिन्छ।
यो भाइरस विशेषगरी संक्रमितको दिसा मिश्रित पानी पिउदा सर्छ। हेपाटाइटिस मुख्यत ए, बी, सी, डी र ई मानिसको स्वास्थ्यमा बढी प्रभाव पर्ने गर्छ जसमा हेपाटाइटिस ई सँगसँगै हेपाटाइटिस ए पनि वर्षातमा बढी देखिन्छ। तर हेपाटाइटिस ई मुख्य गर्भवती महिलाको लागि प्राणघातक हुने गर्छ, जन्मिने नवजात शिशुको मृत्यु समेत हुन्छ। त्यसैले हेपाटाइटिस ई स्वस्थ जटिलताको आधारमा गर्भवती महिला वा नवजात शिशुको लागि बढी डरलाग्दो हुन्छ।
गर्भवती भएको तेस्रो त्रइमासिकमा हेपाटाइटिस ईले संक्रमण गरे बढी स्वास्थ्यमा जटिलता आउँछ। संक्रमित आमाबाट बच्चामा सर्ने सम्भावन ५० प्रतिशतसम्म हुनसक्ने अनुसन्धानले देखाएको छ। गर्भवती आमाको मृत्युदर १५ देखि २५ प्रतिशतसम्म हुन्छ। गर्भ खेर जाने सम्भावना झन्डै ५६ प्रतिशत हुने गरेको अनुसन्धानले देखाएको छ।
मसँग जाँच गराउन आएका संक्रमित व्यक्तिको परिवारको अर्का सदस्यलाई पनि केहि दिन अगाडि जन्डिसको लक्षण देखिएको थियो। उनी हाल स्वस्थ्यलाभ गरिसकेका छन्। यो परिवारले धाराको पानीलाई सधै फिल्टर गरेर पिउने गरे पनि भाइरसले संक्रमण गरेको देखिएको छ। बजारमा विभिन्न प्रकारका फिल्टरहरु पाइन्छ। तर सबै फिल्टरहरुले यो भाइरसलाई फिल्टर गर्न सक्दैनन्। फिल्टरको छान्ने आकारको आधारमा माइक्रो, अल्ट्रा, नानो लगायत नामकरण गरिएको हुन्छ। नानो फिल्टर यो भाइरस फिल्टर गर्न बढी प्रभावकारी र भरपर्दो हुन्छ। तर बजारमा पाइने फिल्टरको बारेमा उपभोक्ताहरु माझ यसप्रकारको जानकारी छैन। ब्याक्टेरिया वा प्रोटोजोवाका जिवाणुबाट सुरक्षित हुने भएतापनि भाइरसहरुबाट भने पूर्ण सुरक्षित नहुने देखिन्छ। तसर्थ फिल्टर बारेमा पनि उपभोक्ता सचेत रहनु पर्छ।
हेपाटाइटिस ईका लक्षणहरु
१ः आँखाको सेतो भाग पहेँलो देखिनु
२ः बान्ता हुनु वा वाकवाक लाग्नु
३ः पेट दुख्नु वा पेटको दाँया भाग भारी हुनु
४ः खान मन नलाग्नु
५ः पिसाब गाडा पहेँलो हुनु
६ः दिसा खैरो देखिनु
७ः ज्वरो आउनु
८ः जिउ अलश्य हुनु ।