डा. केसी आज डिस्चार्ज हुने : दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै

काठमाण्डौँ, २२ साउन – डाक्टर गोविन्द केसी आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । लामो समय देखी अनसनमा बसेका डाक्टर गोविन्द केसीको अनसन टुटे पनि स्वास्थ्य अवस्थाका कारण अस्पतालमा रहेका थिए । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाइ आज डिस्चार्ज गर्न लागिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १५ औँ पटक २७ दिनसम्म बसेका अनसनका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि डा केसीलाइ अस्पताल भर्ना गरिएको थियो । अनशनमा बसेका केसीले सरकारी पक्षसँग सम्झौता भए लगत्तै गएको १० गते अनशन तोड्नुभएको थियो ।

तर अझैँ पनि सम्झौता गरेको १३ दिन भइसक्दा समेत कार्यान्वयनमा सरकारले चासो नदिएको भन्दै केसी पक्षले असन्तुष्टि जनाएको छ । केसी र सरकारबीच चिकित्सा शिक्षा विधेयक संशोधनलगायत ९ बुँदामा सम्झौता भएको थियो ।

सम्झौता कार्यान्वयन गर्न र आफ्नो स्वास्थ्य अवस्था बारे सरकारले ढिलाई गरेको भन्दै आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने तयारी गरेका छन।

Leave a Reply

Your email address will not be published.