को बन्लान नयाँ प्रधानन्यायाधीश ? :यस्तो भन्छन प्रचण्ड


काठमाण्डौ , २२ साउन – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले देशको प्रमुख न्यायीक आखडाको नेतृत्व खाली नहुने बताएका छन् ।

मंगलबार बिहान वीरगञ्जमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले हिजो मात्रै प्रधानमन्त्री सँग सामान्य कुराकानी भएको र ‘रिक्त रहेका संवैधानिक पदहरु पूर्ति गर्ने देखी संविधानले व्यवस्था गरेअनुसार अरु संवैधानिक आयोगहरु निर्माण गर्नेबारेमा छलफल भइरहेको बताएका छन । उँहाका अनुसार प्रधानमन्त्रीले यी कुराहरुलाइ पुर्णता दिने तयारी गरीरहेका छन।

अध्यक्ष प्रचण्डले भोलि वा पर्सी भित्रै परिषदबाट नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने  सिफारिस हुने समेत बताएका छन ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामा दिएको प्रसंगमा नेकपाका अध्यक्ष प्रचण्डले पार्टीभित्र कुनै प्रकारको असन्तुष्टि नरहेको र नेता श्रेष्ठ प्रवक्ताकै जिम्मेवारीमा रहेको बताएका छन ।

Leave a Reply

Your email address will not be published.