कर्णलीमा जिप खस्यो , ड्राइभरले हामफाले

कैलाली , २२ साउन – मंगलबार बिहान कैलाली मोहन्याल गाउँपालिका ४ चिप्लेभीर नजिक जीप दुर्घटना भएको छ । जीप सडकबाट करिब २५० मिटर तल कर्णालीको तिरमा खसेको प्रहरीले जनाएको छ ।
जीपमा एक्लै रहेका ड्राइभर देविराम देवकोटा हामफालेर बाच्न सफल भएको इन्सपेक्टर केसीले बताएका छन ।

कैलालीको चिसापानी बजारबाट विहान करिब ५ वजे कर्णाली यातायातको से१ज ९२९ नम्बरको जीप यात्रु लिन पितमारी तर्फ जाँदै गर्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय चिसापानीका इन्सपेक्टर दिपेन्द्र केसीले जानकारी दिएका छन ।

कर्णालीको तिरमा खसेको जीप निकैक्षती ग्रस्त भएपनी मानविय क्षति नभएको उनले बताएका छन ।

Leave a Reply

Your email address will not be published.