एजेन्सी । अभिनेता सलमान खानका भाई अरबाज खान र मालाइका अरोडा अलग भइसकेका छन् । उनीहरुले आ आफ्ना जीवनलाई अगाडि बढाईरहेका छन् । अरबाजले अचेल जर्जिया एण्ड्रियानीलाई डेट गरिहरेका छन् । भर्खरै यो जोडी अरबाजको बहिनीको बर्थडे मनाउन हैदरबाद पुगेका थिए ।

अगष्ट तीन तारिखका दिन अर्पिता खानको जन्मदिन थियो । यसका साथै अरबाजले अगष्ट चार तारिखका दिन परिवारसँग आफ्नो जन्मदिन मनाएका छन् । यसै दौरानमा जर्जिया एण्ड्रियानी पनि त्यहाँ उपस्थित थिइन् । सुत्रका अनुसार जर्जियाले अरबाजको परिवारलाई मन पराउँछन् । यो जोडीले अब चाँडै रिलेशनमा रहेको कुरा पनि घोषणा गर्न सक्नेछन् ।
यति मात्र होइन कि अरबाज र जर्जियाको सम्बन्धलाई मलाइका आरोडाकी आफ्नै बहिनी अमृता आरोडाले पनि मन पराउँछन् । भर्खरै अरबाज र जर्जियाको साथमा अमृताले पनि सँगै डिनर गरेकी थिइन् । साथै जर्जियाको साथमा अमृताको धेरै तस्वीरहरु पनि भाइरल बनेको छ ।
अरबाज र मलाईका छुट्टिसकेका भए पनि मलाईकाकी बहिनी अमृता र अरबाजको सम्बन्ध अझै पनि राम्रै देख्न सकिन्छ । सो डिनर डेटमा अमृता र जर्जियाको साथमा अरबाजका छोरा अरहान पनि सँगै थिए । २०१६ मा अरबाज र मलाइकाले सम्बन्ध बिच्छेद गरेका थिए ।
