‘रोजी’को ‘फुल होइन’मा प्रदीप र मिरुनाको रोमान्स (भिडियो)

काठमाडौं । फिल्म ‘रोजी’ को पहिलो गीत रिलिज भएको छ । फिल्मका मुख्य कलाकार प्रदीप खड्का र मिरुना मगरको फिचरिङ रहेरको ‘फुल होइन’ बोलको गीत रिलिज भएको हो । गीतलाई प्रताप दास र प्रविषा अधिकारीले स्वरबद्ध गरेका छन् ।

गीतको भिडियोमा अभिनेता प्रदीप र मिरुनाको रोमानिटक प्रेमलाई प्रस्तुत गरिएको छ । राज कुमार श्रेष्ठको शब्द तथा अलिश कार्कीको संगीतरहेको यो गीतको भिडियोलाई मित्र डि। गुरुङले सम्पादन गरेका हुन् ।

गोपीकृष्ण मुभिजले प्रस्तुत गरेको यो फिल्मलाई केदार भुषालेले लेखेका हुन् । आर्य पौडेल र आरोही केसीको निर्माणमा फिल्मलाई निरक पौडेलले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.