काठमाण्डौँ , २१ साउन । हामीलाइ सबैभन्दा सजिलो र रमाइलो लागी रहेको इन्टरनेट सेवा हाम्रो स्वास्थ्यको लागी सबै भन्दा खराब हुदै गइरहेको देखीन्छ यसै बिच भएको एक खोजका अनुसार अहिले दुनीयामा उच्च गतिमा चलिरहेको इन्टरनेट को कारणले मानिसहरू आफ्नो निद्रा लाइ पुर्णता दिन नसकिरहेको कुरा एक ठुलो समस्याको रुपमा देखा परेको बताइएको छ ।
विज्ञहरुका अनुसार उच्च स्पीड इन्टरनेट पहुँच सँग अन्य प्राविधिक भन्दा बढी असर गर्न सक्ने क्षमता रहेको हुन्छ । निद्रा र यसको कमी, अहिले दुनियाभरको एकदम ठूलो समस्या हो। यसले हाम्रो संज्ञानात्मक क्षमतालाई असर गर्नुका साथै हाम्रा पुराना रोगहरुलाइ समेत फेरी उत्पन्न गर्न सक्ने अनुसन्धानले बताएको छ ।
शोधकर्ताहरूका अनुसार इन्सोमेनिया अथवा निद्रा नलाग्ने रोगको कारण लामो समय सम्म काम गर्ने, तनाव, अनि केहि सम्बन्धहरु का कारण हुने भएपनी एउटा नयाँ अध्ययनले पत्तालगाए अनुसार उच्च गतिको इन्टरनेटका कारण मानिसहरु अहिले इन्सोमेनिया शिकार भैरहेको जनाइएको छ ।