काठमाण्डौँ, २१ साउन – दुर्गम पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका राकमकी धर्मा बडुवाका श्रीमान् एचआइभी संक्रमणले बितेको बल्ल थाहा पएकी छिन् कामको सिलसिलमा भारत गएका उनका श्रीमानलाई एचआइभी संक्रमण भए पछि उपचारकै क्रममा मृत्यु भएको छ। श्रीमानकै कारण उनी पनि एचआइभी संक्रमणमा परेकी छिन् ।
बडुवाल लगयत करिब ५२ महिलाले एचआइभीको संक्रमणले पिडित छन् । अधिकारप्राप्ति र समाजमा गरिने भेदभाव विरुद्ध लड्न आफूहरू संगठित हुनुपरेको उनीहरूको भनाइ छ । संगठित भएर आवाज अठाउन थालेपछि अहिले एआरटी औषधि राकम कर्णाली स्वास्थ्य केन्द्रबाटै उपलब्ध भएकाले उनीहरूलाई धेरै सजिलो भएको छ ।
औषधि सेवन गर्नकै लागि सुर्खेत र दैलेख सदरमुकाम धाउनुपर्ने विगतको समस्या अहिले समाधान भएको छ । औषधिसँगै संक्रमित महिलालाई पोषिलो आहार, स्थानीयस्तरमै रोजगारी र व्यवसाय प्रर्वद्धनलगायतमा स्थानीय सरकारले चासो बढाएको आठबीस नगरपालिकाका प्रमुख खड्कराज उपाध्यायले जोड दिन्छन । नगरपालिकाले पोषणमा सहयोग पुगोस् भनेर मासिक रु ५०० का दरले संक्रमितलाई भत्ता उपलब्ध गराउँदै आएको छ ।
संक्रमित भनेर समाजमा हेला हुन थालेपछि आफूहरू संगठित भएको तुलसा माझी बताउछिन् । ती सबै महिलाका श्रीमान् भारतमै रोजगारीका लागि गएका र एचआइभी संक्रमणले मृत्यु भएको माझीको भनाइ छ । जिल्लाको अधिकांश स्थानका बासिन्दा रोजगारीका लागि भारत जानुपर्ने बाध्यता पुरानै हो । अहिले स्थानीय सरकारललाई गाउँमै रोजगारी र एचआइभी संक्रमितलगायत थुप्रै समस्यामा परेका नागरिकको जीवनरक्षाबारे पनि चासो बढाउनुपर्ने दायित्व बढेको छ ।