साउदी अरेबियाद्वारा क्यानेडीयन राजदूत निष्कासित 

काठमाडौँ, २१ साउन / एजेन्सी – साउदी अरेबीयाको विदेश मन्त्रालय ले क्यानडामा कार्यरत आफ्नो राजदूत फिर्ता बोलाउनुका साथै रियादमा रहेको क्यानाडीयन राजदूतलाइ २४ घण्टा भित्र देश छोड्न आदेश दिएको छ ।

यससँगै क्यानाडा सँग भएका सबै प्रकारका व्यावपार तथा लगानी सम्बन्धी सहमतीहरुलाइ स्थगन गरेको छ । साउदी अरेबियाको आधिकारीक प्रेस एजेन्सीहरु ले यसको पुष्टि गरेका छन ।

साउदी सरकार द्वारा दुइ जना मानब अधिकारवादीहरुले समर बदावी र नस्सीमा अल सदाह लाइ गत हप्ता पक्राउ गरेपछि क्यानाडाले गत शुक्रवार ती नागरीक तथा मानब अधिकारका सकिृयतावादीहरु लाइ तुरुन्त रिहा गर्न माग गरेको थियो ।

साउदी अधिकारीहरु ले गिरफ्तार गरिएका हरु पक्राउ पुर्जी विना नै समातिएका थिए भन्ने क्यानाडा को आरोप पुरै गलत भएको जनाएका छन । साउदी सरकार ले उनीहरुको गिरफ्तारी कानुन अनुसार नै भएको र सुनुवाइको दौरानमा उनिहरुलाइ सबै प्रकारको प्रत्याभुती प्रदान गरेको हुदा क्यानेडेली आरोपले आफ्नो आन्तरिक मामीला मा हस्तक्षेप गरेको हुदा यस बाट दुइ देश बिच अन्तराष्ट्र्रिय मुल्य र मान्यता अनुसार कायम रहिआएको सम्बन्धमा गहिरोे धक्का पुग्न गएको साउदी अधिकारीहरु ले भनेका छन ।

साउदी सरकार ले क्यानेडा सँग भएका सबै प्रकारका लगानी तथा ब्यापारका कारोबार हरु समेत उपरोक्त तनाव पछि स्थगनमा रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.