टर्कीको ब्रिक्समा सम्मिलित हुने चाहाना, इयु र अमेरिकालाई झट्का

काठमाडौँ, २१ साउन / एजेन्सी

युरोप र एसियाको विचमा मध्यपुर्व प्रवेश गर्ने द्वार मै स्थित तिव्रतर गतीमा आर्थिक विकास गरिरहेको टर्कि व्रिक्स समुह प्रवेश गर्न आतुर देखिएको छ ।

रसिया टुडेले जनाएको समाचार अनुसार टर्कीको यस कदमले के कस्तो असर ल्याउला भनेर आर टि ले इन्टरनेसनल फाइनान्सीयल सेण्टरका एक विश्लेषकसँग प्रश्न गर्दा विश्लेषक भ्लादिमिर रोजनाकाभ्स्कीले ‘टर्की  एक धर्मनिरपेक्ष तर मुस्लिम  बाहुल्यता भएको देश हो,  यसले अन्य कट्टरपन्थी मुस्लिम  धर्म अँगालेको देश तथा स्वेच्छाचारी  राजतन्त्रामक देशहरुको पक्षमा उभिन सक्दैन’ भनेर जवाफ दिएका थिए ।

टर्की कुल ग्राहस्थ उत्पादनमा विश्को १७ ठुलो अर्थतन्त्र भएको रजनताको क्रियाशक्तिको आधारमा १३ औँ ठुलो अर्थतन्त्र भएको देश हो । यस्को मतलब टर्कीको व्रिक्समा समाहित हुनु भनेको व्रिक्स संगठनको लागि अति उत्साहको विषय हुन्छ , किनकी व्रिक्स मध्ये कै दक्षिण अफ्रिका टर्किको आर्थिक अवस्थामा धेरै माथि देखिने भ्लादिमिरको भनाई थियो ।

अर्काे तर्फ टर्की अमेरिकी नेतृत्वको नाटो सैनिक संगठन अन्तर्गतको देश हो र साथै टर्कीको थोरै भू भाग युरोपीयन क्षेत्रतिर परेको हुँदा टर्कीले युरोपियन युनियनमा सामेल हुने रहर गरेको थियो ।

टर्कीका राष्ट्रपति रेसेव तैयव इर्दोगान

तर उ भन्दा धेरै पछि निवेदन दिएका पूर्वी युरोपका कतिपय देशहरुले यस युनियनमा  प्रवेश गर्न पाएको तर टर्कीले अहिले सम्म नपाएको कारणले टर्की  वैकल्पिक संगठित समुह खोजिमा थियो ।

पछिल्लो चरणमा युरोपियन युनियन आँफै आर्थिक संकट बाट गुज्रीरहेको , व्रिटेन यसबाट बाहिरिइसकेको , इटाली , स्पेन ,ग्रीस जस्ता देशहरु बाहिरीने क्रममा टर्कीको युरोपियन युनियनप्रति को मोहभंग भैसकेको थियो । अत्यन्त महत्वपूर्ण कुरा नेटो भित्रको सो देश हालका दिनमा अन्य सहयोगी देशहरुबाट अपहेलित हुँदै गएको अवस्था छ ।

हालै टर्कीले रुसबाट एस ४०० मिसाइल प्रतिरोधी सिस्टम खरिद गर्ने सम्झौता गरेपछि  नाटो र यस्को अगुवा अमेरीका टर्किसँग आगो भएको छ । अमेरीकाले आफ्नो प्रोडक्ट एफ ३५ खरिद  गर्न टर्कीलाइ दवाव दिँदै आएको छ ।

इरानसँग कच्चा तेल नकिन्नु भन्ने अमेरीकी आदेश को पनि टर्कीले अवज्ञा गर्दै आएको छ । उस्को दलील के छ भने एउटै संगठन अन्तर्गतको सदस्य राष्ट्र भएपनि आर्थिक मामिलामा प्रत्येक सदस्य राष्ट्रको आफ्नै सार्वभौम र स्वतन्त्र अधिकार हुन्छ ।

यु एनको म्याण्डेन्टबिना कुनै पनी दबाब टर्कीले स्वीकार्दैन भन्ने टर्की सरकारको अडान छ । यसरी युरोपियनको आफ्नै लड्खडाहड रहेको अवस्थामा यसको छाता संगठन नाटोमा समेत अमेरीका पछि को दोश्रो मजबुत सैनिक शक्तिको रुपमा रहेको टर्कीले आर्थिक मोर्चामा इ यु र अमेरीका को प्रतिस्पर्धी  ब्रिक्सतर्फ झुकाव देखायो र  सैनिक मोर्चामा समेत नाटो सँग सम्वन्ध विच्छेद गर्यो भने अचम्म नमाने हुन्छ ।

Leave a Reply

Your email address will not be published.