साउन-२१,जनकपुरधाम /मदनकुमार अधिकारी – आईतवार राती करिब साढेआठ बजेतिर जनकपुरधाम उपमहानगरपालिका-१९,बेङ्गा शिवपुर भन्ने ठाउँमा दाजुभाई बीचको घरझगडाले अन्तत: एकजनाको ज्यान गएको जिप्रका धनुषाले जनाएको छ।
रामबृक्ष यादव र अरूण यादव बीच शुरूभएको आपसी भनाभन झगडा र हातहालाहाल को स्थितीमा पुगेपछी,अरूण यादवका अंदाजी ३० बर्षीय छोरा अतिन्सर यादवले प्रहार गरेको धारिलो हतियारको चोटले रामबृक्ष यादवको ज्यान गएको हो ।
अतिन्सरको आक्रमण बाट गम्भीर घाईते भएका मृतक रामबृक्षका छोरा रामसोगारथ यादवको जनकपुरधाममा उपचार संभव नभएपछी काठमाण्डौ रेफर गरिएको तथा घटनामा संलग्न आरोपीहरू अरूण यादव र अतिन्सर यादवलाई जिप्रका धनुषाले नियन्त्रणमा राखेको बताईएको छ।