जनकपुर अब नयाँ नाम र नयाँ रंगमा

२० साउन,जनकपुरधाम /मदनकुमार अधिकारी – संघीय नेपालको प्रदेश नं.२ को प्रस्तावित राजधानी जनकपुरले औपचारिक रूपमै आफ्नो नयाँ नाम र रंग ग्रहण गरेको छ । संघीय मन्त्रीपरिषदको गत: असार ३२ गते सोमबारको ‘धाम’ थप्ने निर्णयको खुशी मनाउन गत शनिबार प्रशिद्ध जानकी मन्दिर परिसरमा आयोजित खुशियाली सभामा मेयर लालकिशोर साहले जनकपुरधामको औपचारिक रंग केशरी रंग (Saffron color) हुनेछ भनेर घोषणा गरिरहँदा,मंचमा आसीन अधिकाँस ब्यक्तित्वहरू केसरी रंगकै पहिरनमा उपस्थित थिए।

बोलीचालीको भाषामा परम्परादेखि नै जनकपुरधाम भनिने गरेको भएपनि अहिले औपचारिक रूपमै धाम घोषणा भएसंगै जनकपुरधाम उपमहानगरपालिका लेखिन थालेको छ ।

केसरी रंगले कुनै भ्रम सृजना गर्नु हुन्न, पौराणिक रूपमा केसरी रंगलाई ‘राम-रज’ अर्थात भगवान रामको धुलो वा रंग भनिएको छ, जनकपुरधाम जनक नन्दिनी सीता र रामसँग  जोडिएको धार्मिक आस्थाको केन्द्र भएकोले यसलाई सोही रूपमा ग्रहण गर्नुपर्ने प्रसिद्ध साहित्यकार तथा मैथीली परम्पराका अग्रणी जानकार प्रा.डा. राजेन्द्र बिमलले जानकारी दिए । जनकपुरधाम घोषणा संगै,जनकपुरधाम देखि १३ किमी पूर्वोत्तरस्थित धार्मिक  महत्वको स्थल धनुषाधामलाई समेत जोडेर एकीकृत धार्मिक पर्यटन गुरूयोजना लागू गर्न अब ढिला गर्न नहुने नेकपा धनुषाका युवा नेता दीपक यादवले बताए ।

बर्सेनि असाध्यै ठूलो संख्यामा आंतरीक र बाह्य,खासगरी भारतिय तिर्थयात्रीहरू यी दुवै धाम टेक्न आईपुग्छन् ।

Leave a Reply

Your email address will not be published.