काठमाडौँ – राष्ट्रियसभाको बैठक बुधबार सम्मका लागि आज पनी स्थगित भएको छ । आइतबार बिहान स्याङ्जास्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा हृदयाघातबाट निधन भएका कमलप्रसाद पङ्गेनीको
पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित गर्दै आजको बैठक स्थगीत गरेको हो ।
बैठकले उहाँको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण पनी गरेको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समेत पङ्गेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
२०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित हुुनुभएको थियो । ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिकरप्रजातान्त्रिकलगायतका आन्दोलनमा भूमिका निर्वाह गर्नुभएका पङ्गेनी काँग्रेस स्याङ्जा जिल्ला कार्यसमितिका सभापति र समाजसेवी समेत हुनुहुन्थ्यो ।
राष्ट्रियसभाको अर्को बैठक २३ गते ११ बजे बस्ने भएको छ ।