घट्टेखोलाको राजमार्ग पुल मर्मत शुरु

काठमाण्डौं, २१ साउन – वर्षाका कारण क्षति पुगेको टिमुरे घट्टेखोलाको राजमार्ग पुल आइतबारदेखि मर्मत शुरु भएको छ ।

रसुवागढी खण्डको राजमार्ग हेर्ने डिभिजन सडक प्रमुख नीरज शाक्यका अनुसार गल्छी रसुवागढी राजमार्गअन्तर्गत घट्टेखोलास्थित पक्की पुलको जग मर्मतका लागि निर्माण सामग्री ढुवानी कार्य सम्पन्न गरी मर्मत कार्य शुरु गरिएको छ।

ठाडो खोलामा पानीको बहाव ठूलो भएको र मेशिनसमेत लान नसकिने भएकाले मानिसद्वारा मर्मत कार्य अगाडि बढाइएको छ । उक्त पुल भद्रको पहिलो हप्तासम्म मर्मत सम्पन्न गरी सवारीसाधन आवातजावत गराइने लक्ष्य लिई अगाडि बढाएको प्रमुख शाक्यले जानकारी दिएका छन् । यही साउन ११ गतेको वर्षाले क्षति पु¥याएपछि सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।

घट्टेखोलाको पुल क्षति भएका कारण दैनिक असुली हुने करीब रु १४ करोड भन्सार राजश्व घाटा भइरहेको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.