कानूनमन्त्रीको टोली जाजरकोटमा ।

सुर्खेत २१– साउन कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोली आज पहिरो प्रभावित क्षेत्र जाजरकोट पुगेका छन । आइतबार जाजरकोटमा पहिरो जाँदा नौ जनाको मृत्यु भएको थियो ।

आइतबार प्रदेशसभाको बैठकमा संबिधान सभा सदस्यले जाजरकोटमा पहिरोकोले पुगेको जनधनको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएको थियो । प्रभावित क्षेत्रको भेरी नगरपालिका–३ जाजरकोट पुगेर आजै प्रतिपरिवार रु २५ हजार, खाध्यान्न र लत्ताकपडा वितरण गरिने मन्त्री भण्डारीले जानकारी दिए । “प्राविधिकसहितको टोली लिएर घटनास्थल जाजरकोट जाँदैछौंँ, त्यहाँ पुगेर घटनाको विस्तृत अध्ययन गर्छौं र पीडित परिवारका लागि राख्न लायकको ठाउँको छनोट गरी तत्काल बस्ने व्यवस्था मिलाउँछौँ,” उनले भने । त्यसका साथै जोखिमस्थलको अनुगमन गरी त्यस क्षेत्रका घरपरिवारलाई पनि वैकल्पिक व्यवस्था मिलाइने कानूनमन्त्री भण्डारीले बताए ।

मन्त्री भण्डारीसहित जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्य त्रय गणेशप्रसाद सिंह, कृष्णा शाह र कौशिलावती खत्री पनि प्रभावित क्षेत्रतर्फ गएका छन् ।

Leave a Reply

Your email address will not be published.